विपक्षीको विरोध र बहिष्कारबिच सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

42

काठमाडौं – सरकारको नीति तथा कार्यक्रम विपक्षी दलहरूको विरोध र बहिष्कारबिच पारित भएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन संसद्मै अनुपस्थित भएपछि सरकारको नीति तथा कार्यक्रम विपक्षी दलहरूको विरोध र बहिष्कारबिच पारित भएको हो ।

नीति तथा कार्यक्रम पारित गर्दा प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदले प्रधानमन्त्रीको उपस्थिति र जवाफ खोज्दै निरन्तर उठेर विरोध गरेका थिए । अन्य विपक्षी एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले बैठक नै बहिष्कार गरेका थिए ।

विपक्षीको विरोध र बहिष्कारबिच सभामुख डोलप्रसाद अर्यालले नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । सत्ता पक्षले ‘हुन्छ’ भनेको थियो भने विपक्षी विरोधमा उभिएकाले मौन बस्यो । सभामुख अर्यालले ‘हुन्न’ भन्ने आवाज नसुनिएको भन्दै नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको घोषणा गरेका थिए ।

प्रतिनिधिसभामा कांग्रेसको निरन्तरको विरोध तथा एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले बहिष्कारका बाबजुद पारित नीति तथा कार्यक्रम राष्ट्रिय सभामा भने कांग्रेस र नेकपाले नै समर्थन गरेपछि बहुमतबाट पारित भएको छ ।

समाचार वर्गहरू