विपी साहित्य महोत्सव–२०८० को तयारी पुरा, कार्यतालिका सार्वजनिक

32

काठमाडौं – नेपाली कांग्रेसले ‘प्रथम बिपी साहित्स महोत्सव’ आयोजना गर्ने भएको छ। आइतबारदेखि तीन दिन सम्म ललितपुर सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा महोत्सवको आयोजना गर्न लागेको हो।

उक्त महोत्सवको उद्घाटन कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार बिहान ११ बजे गर्ने तय छ। आइतबार, सोमबार र मंगलबार यो महोत्सव बिहान ९ बजेदेखि साँझ ७ बजेसम्‍म चल्नेछ।

महोत्सवमा मनोविश्लेषणात्मक साहित्य र व्यक्तिसत्ता, साहित्यमा पर्यावरण, समय र सबाल्र्टन, नेपालको मातृभाषा साहित्य, बिपीका आख्यानमा नारी, बिपीका आख्यानमा मधेश, बिपीका दृष्टिमा बिपी, बिपीले नपाएका १५ वर्ष, अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा बिपी, समावेशिता, सामाजिक रुपान्तरण र बिपी, युवा स्रष्टामा बिपी पठन र परिवारले बुझेका बिपी कार्यक्रम हुनेछ।

साथै कविता साँझ, गजल साँझ, सांगीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, ऐतिहासिक फोटो प्रदर्शनी पनि हुनेछ।

विपी साहित्य महोत्सव–२०८० लाई भव्यरूपमा सम्पन्न गर्न पार्टीका सह–महामन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा समिति गठन भएको थियो । उक्त समितिले महोत्सवको कार्यतालिका पनि सार्वजनिक गरेको छ ।

यस्तो छ कार्यतालिकाः

 

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू