विवाहमा बेहुली अन्माउने बेलामा बेहुला पक्राउ

8

काठमाडौं – झापाको गौरादहमा विवाह मण्डपबाटै बेहुला पक्राउ परेका छन्। जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने बेहुलालाई बिहीबार विवाह मण्डपबाटै प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका–१ निवासी साजनकुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

उनका अनुसार जेठी श्रीमतीले आफ्नो श्रीमानले झापामा दोस्रो विवाह गर्न खोजेको भन्दै आजै इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएका थिए।

सोही उजुरीका आधारमा चौधरीलाई पक्राउ गरिएको डीएसपी रिजालले बताए। जन्तीसहित आएका चौधरी  गौरादह–२ एक युवतीसँग विवाह गरी अन्माउने बेलामा प्रहरी विवाह समारोहमा पुगेका थिए।

बेहुलीका परिवारजनलाई बेहुला विवाहित रहेको जानकारी थियो कि थिएन भनेर प्रहरीले थप छानबिन गरिरहेको छ।

यता पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू