वीर अस्पतालका निर्देशक डा. पौडेलविरुद्ध अख्तियारमा उजुरी

3

काठमाडौं – वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेल विरुद्ध अख्तियारमा उजुरी दर्ता भएको छ ।

उनले नियमविपरीत औषधि पसल दर्ता गरि सञ्चालन गरेको भन्दै वीर अस्पतालका कर्मचारीले प्रधानमन्त्री, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्तकता केन्द्रलगायतका निकायसमक्ष छानबिनका लागि निवेदन दिएका छन्।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (चि वि रा प्र) वीर अस्पतालका निर्देशक सहप्राध्यापक एवं वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. पौडेलले वीर अस्पतालको निर्देशकजस्तो जिम्मेवार पदमा बसेर कम्पनी दर्ता गरी स्वास्थ्यसम्बन्धी व्यापार व्यवसाय सञ्चालन गर्नु गैरकानुनी भएको निवेदनमा उल्लेख छ।

उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको सहप्राध्यापक पनि भएकोले प्रतिष्ठान शिक्षक नियमावली २०६४ को नियम १०९ ले पनि उनले दर्ता गरेको फार्मेसी नियमविपरीत र गैरकानुनी भएको उजुरीमा उल्लेख गरिएको छ।

डा. पौडेल अल्का हस्पिटल फार्मेसी प्रालिको पनि सेयर सदस्य/सञ्चालक र अध्यक्ष भएको उल्लेख गर्दै निवेदनमा भनिएको छ– ‘डा. पौडेलले गैरकानुनी रूपमा सरकारी कर्मचारी र अस्पताल प्रमुखले गर्न नहुने काम गरेकाले तत्काल निलम्बन गरी छानबिन र कारबाहीको लागि अनुरोध गर्दछौैं ।’

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू