शिक्षक आन्दोलनको १६ औं दिन, आन्दोलन अझै जारी राख्ने महासंघको निर्णय

111

काठमाडौं – नेपाल शिक्षक महासंघले ऐन जारी गर्ने विश्वासिलो आधार सरकारले नदिएकाले आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।

महासंघको आज बसेको समिक्षा बैठकले आन्दोलनलाई थप व्यवस्थित गर्ने निर्णय गरेको महासंघका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले जानकारी दिए । ‘ऐन जारी गर्ने सुनिश्चतता खोजेका हौँ । सरकारबाट विश्वासिलो अपेक्षा राखेका थियौं तर भएन,’ उनले भने ‘आन्दोलनलाई सरकारले जिम्मेवार भएर हेरेको पाइएको छैन ।’

सरकारले १२ वैशाखमा संसदको बर्खे अधिवेशन बोलाएपनि सभामुख देबराज घिमिरेबाट फरक कुरा आएकाले महासंघ विश्वस्त हुन नसकेको हो । ‘सभामुखले त्यस्तो अभिव्यक्ति दिनु भएको छ । यो अधिवेशनमा शिक्षा विधेयक टेबल गर्न नसकिने कुरा आयो,’ सुबेदोले भने ।

आन्दोलन छोडे मात्र मन्त्रिपरिषद्बाट निर्णय गराउने सर्त मन्त्रालयले राखेको गुनासो शिक्षकहरूको छ । ‘सरकारले रित्तै घर फर्काउन खोजेको छ । अब झन् ७७ जिल्लाबाट शिक्षकहरू काठमाडौं आउनुहुन्छ । विद्यालयमा कोही पनि रहनु हुन्न । सरकारले थाम्न सक्दैन,’ उनले भने ।

शिक्षकहरूले काठमाडौंमा आन्दोलन थालेको १६ दिन बित्दै गर्दा सडकमा शिक्षकको उपस्थिती भने झन् बढेर गएको देखिन्छ ।

समाचार वर्गहरू