मध्यबिन्दु/काठमाडौं – शुक्रवार सुनको मूल्यमा गिरावट आएको छ । नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ३ सयले घटेर ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीवार छापावाला सुन प्रतितोला ७६ हजार ३ सयमा कारोबार भएको थियो ।
त्यस्तै तेजावी सुन तोलामा ७५ हजार ७ सय कायम भइ कारोबार भइरहेको छ ।
सुनको मूल्यमा गिरावट आएपनि आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदी तोलामा १० रुपैयाँले बढेर ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।