श्रमिक दिवसमा भिम ब.तामाङ लोकतन्त्र केन्द्रले गर्‍यो श्रमिकलाई राहत वितरण

56

(काठमाडौ) –  भिम बहादुर तामाङ लोकतन्त्र केन्द्रले १३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसमा १०० जना श्रमिकलाई खाद्यान्न सामाग्री वितरण गरेका छ । लकडाउनका कारण समस्यामा काठमाडौ जोरपाटी , बेसिगाउ र माकलबारी क्षेत्रमा कार्यरत ज्यालादारी एवं स्वरोजगार श्रमिकहरुलाई आज श्रमिक दिवसको अवसर पारेर खाद्यान्न राहत वितरण गरेको हो । राहत वितरण कार्यक्रम गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले श्रमिक दिवसको दिन भिम बहादुर तामाङ लोकतन्त्र केन्द्रले श्रमिकलाई सम्झेर राहत वितरण गरेकोमा धन्यवाद दिँदै समस्यामा परेको श्रमिकलाई नगरले आवस्यक सहयोग गर्ने बताए  ।

भिम बहादुर तामाङ लोकतन्त्र केन्द्रका अध्यक्ष एवं ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य बलदेव तामाङले लकडाउनका कारण दैनिक छाक टार्न गाह्रो अवस्थामा पुगेको श्रमिकहरुमाझ केहि राहत दिन श्रमिक दिवसको दिन साथमा उभिन आएको बताउँदै मेयर चालिसे समक्ष दैनिक ज्यालादारी र स्वरोजगार श्रमिकको पन्जिकरण गरि श्रमिकका समस्यामा सहयोग गर्न अनुरोध गरेका थिए  ।

वितरित राहत जापानमा कार्यरत अश्मी लामा र कुन्साङ गोन्बाले सहयोग गरेका थिए । उक्त राहत वितरण कार्यक्रममा गोकर्णश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, लोकतन्त्र केन्द्रका अध्यक्ष बलदेव तामाङ, महासचिव निर्मल कुमार घिसिङ,कोषाध्यक्ष सुदिप बुढाथोकी , वडा-८ का वडा अध्यक्ष , केन्द्रका सदस्य बिमल तिमिल्सिना र ट्रेड युनियन कांग्रेसका नेता ज्ञानहरि ढुंगाना लगायतको उपस्थिती थियो ।

समाचार वर्गहरू