कैलाली – श्रीमतीको हत्या अभियोगमा झापाबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका-७ लुहागड बस्ने ३७ वर्षीय गणेश ओड रहेका छन् ।
श्रीमती ३७ वर्षीया लक्ष्मी ओडलाई कुटपिट गरी हत्या गरेको अभियोगमा ३७ वर्षीय गणेश ओडलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
गणेशले आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जोशीपुर र ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।