(उदयपुर) – उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ६ मा वडा अध्यक्षले आफ्नै नामको बाटो बनाउन राज्यकोषको बजेट बिनियोजन गरेका छन् ।
वडा अध्यक्षको नाम निर्मल चौधरी रहेको र उनले आफ्नै नामबाट बाटोको नाम निर्मल मार्ग राखी गत आर्थिक बर्ष ७६/७७ को लागि बजेट बिनियोजन गरेका हुन। बजेट बिनियोजन गर्ने बेलामा यस बिषयमा सामान्य चर्चा चलेपनी बजेट भने बिनियोजन भएको थियो । उक्त मार्गको निर्माण कार्य भरखरै मात्र सम्पन्न भएको हो ।
देश संघीयताको अभ्यासमा रहेको बेला गाउँ गाउँमा सिंह दरबार आउला भन्ने आश थियो तर येस्तो सम्म होला भन्ने सोचेको थियनौ सुन्दै अचम्म लाग्यो भन्ने स्थानीयहरुको भनाइ रहेको छ ।