संघीय संसद्को दुवै सदनको बैठक बैसाख २८ गते बस्ने गरि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस

6

काठमाडौं । सरकारले संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गतेका लागि बैठक आह्वानको सिफारिस भएको प्रवक्ता सस्मित पोखरेलले बताए ।

उनका अनुसार दुवै सदको बैठक दिउँसो २ बजे बस्नेछ । सरकारले पठाएको ८ वटै अध्यादेश राष्ट्रपतिले जारी गरेलगत्तै सरकारले संसद बैठक आह्वानका लागि सिफारिस गरेको हो । यसअघि वैशाख १७ गतेबाट आह्वान गरिएको संसद बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको थियो ।

समाचार वर्गहरू