संरक्षित वन्यजन्तुको छाला सहित २ पक्राउ

21

(काठमाडौं) – संरक्षित वन्यजन्तुको छाला सहित दुई जना काठमाडौंबाट पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीको टोलीले काठमाडौंको सिनामंगलबाट उनीहरुलाई पक्राउ गरेको हो ।

संरक्षित वन्यजन्तुको छाला ओसार पसार तथा बिक्री वितरण भईरहेको भन्ने सूचनाको आधारमा व्यूरोबाट खटिएको प्रहरीको टोलीले गत आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रे धुलिखेल नगरपालिका ९ का सरोज लम्साल र रामेछाप दोरम्बा गाउँपालिका ५ का सुरेन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट संरक्षित वन्यजन्तुको छाला एक थान बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनालाई डिभिजन वन कार्यालय हात्तीसार काठमााडौंमा बुझाइएको प्रहरीले जनाएको छ ।

समाचार वर्गहरू