काठमाडौं – नेपाली कांग्रेसले संसदीय समितिको गठनको मागबाट पछि नहट्ने निर्णय गरेको छ ।
कांग्रेसको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रशस्त प्रमाण देखिएकाले यस विषयमा छानबिन गर्नुपर्ने मागमा काँग्रेस अडिग रहेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
लेखकका अनुसार कांग्रेसले बिहिबार संसद्मा भएको घटनाको जिम्मेवारी सभामुखको भएको निष्कर्ष निकालेको छ । सिंगो विपक्षी दल विरोधमा रहेको बेला सभामुखले संसद् अगाडि बढाउन नसक्ने परम्परा विपरित गएको लेखकले बताए ।
कांग्रेसले सभामुखलाई दलीय आवद्धता त्यागेर निष्पक्ष भएर बैठक सञ्चालन गर्न आग्रह समेत गरेको छ ।