काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दलको नेता परिवर्तनका लागि लगातार लागिपर्ने बताएका छन् ।
शनिबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सांसदहरूको उल्लेख्य साथ पाएको दिन संसदीय दलको नेता परिवर्तन निम्ति आफूले प्रयास गर्ने प्रष्ट पारेका हुन् ।
यसअघि थापाले कांग्रेस सभापति देउवालाई संसदीय दलको नेतामा चुनौती दिएकोमा उनी फराकिलो मतान्तरमा पराजित भएका थिए ।
‘दलको नेता हुनुपर्छ भनेर यसअघि नै लडेको हुँ,’ उनले भने, ‘साथीहरू (सांसदहरू) संख्याले सार्थकता दिन्छ भन्ने महसुस भएका दिन पुनः प्रयास गर्नेछु ।’
बीचमै संसदीय दलको नेता परिवर्तन गर्न कांग्रेस विधानले नै बाटो खोलेको महामन्त्री थापाले दाबी गरे । गिरिजाप्रसाद कोइराला दलको नेता रहेकै बेला देउवा संख्या पु¥याएर संसदीय दलको नेता बनेको उनले स्मरण गराए ।