काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले संसद जीवित नै रहेको बताएका छन् ।
शर्माले सोमबार बिहान ट्वीट गर्दै संविधानअनुसार संसद जीवितै रहेको बताएका हुन् । ‘संविधान अनुसार संसद जिवित नै छ,’ शर्माले सोमबार बिहान माइक्रो ब्लगि साइत ट्वीटरमा लेखेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद विघटन गरेर चुनावको मिति समेत घोषणा गरिसकेको अवस्थामा नेकपा नेता शर्माले संविधान अनुसार संसद जीवितै रहेको बताएका हुन् ।
सरकारको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसद् विघटन गरेकी छिन् । आगमी बैशाखमा निर्वाचन समेत घोषणा गरिसकिएको छ ।
संविधान अनुसार संसद जिवित नै छ ।।
— Janardan Sharma (@JSPrabhakar) December 21, 2020
प्रधानमन्त्री ओलीले संविधानमै नभएको व्यवस्था अनुसार संसद विघटन गरेको भन्दै प्रतिपक्षी दलहरूले पनि विरोध गरिरहेका छन् ।