सन्दिप आबद्ध बार्बाडोसको दोस्रो हार

19

एजेन्सी । क्यारेबियन प्रिमियर लिग क्रिकेटको पछिल्लो खेलमा जमैका तालावास विजयी भएको छ । नेपाली लेगस्पिनर सन्दिप लामिछाने आबद्ध बार्बाडोस ट्रिडेन्टलाई ४ विकेटले हराउँदै जमैकाले सिजनको पहिलो जित हात पारेको हो ।

नेपालका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम बार्बाडोस ट्रिडेन्ट्सले क्यारेवियन प्रिमियर लिग क्रिकेटमा दोस्रो हार व्यहोर्यो । किंग्सटनस्थित सविना पार्कमा आइतबार राति भएको खेलमा जमाइका टल्लावाहससँग बार्बाडोस चार विकेटले पराजित भएको हो । बार्बाडोसले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको जमाइकाले १८ दशमलव ३ ओभरमा ६ विकेटको क्षतिमा भेटायो ।

जमैकाका लागि चाडविक वाल्टनले नटआउट ५१ र ग्लेन फिलिप्सले २८ रन बनाउँदै टोलीलाई जित दिलाए । बार्बाडोसका हेदन वाल्स र जेसन होल्डरले समान २ तथा सन्दिप लामिछानेले १ विकेट लिए । सन्दिपले आफ्नो स्पेलमा ३५ रन खर्चेर १ विकेट हात पारेका हुन् ।

यसअघि पहिले ब्याटिङमा उत्रिएको बार्बाडोसले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ४० रनको मध्यम योगफल तयार पारेको थियो । एस्ले नर्सले ३७ रन बनाएको ईनिङसमा जेपी डुमिनीले ३१ रन बनाए । मात्र ८ बल खेलेका सन्दिपले १ चौकाको मद्दतमा नटआउट १० रन बनाए । त्यस्तै, जासन होल्डर र हयडेन वालशले समान २–२ विकेट लिए ।

समाचार वर्गहरू