सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय र ५ लाख क्षतिपूर्ति

4
फाइल फोटो

काठमाडौं – बलात्कार आरोपमा दोषी ठहर भएका सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय तोकिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार लामिछानेलाई सजाय तोकेको हो। उनलाई तीन लाख रुपैयाँ जरिबाना र दुई लाख क्षतिपूर्ति पनि तोकिएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले बताए।

फैसलामा भनिएको छ, ‘परिवर्तित नाम गौशाला ६ को उमेर, प्रतिवादी सन्दीप लामिछानेको उमेर, घटना हुँदाको अवस्था, प्रतिवादीको सामाजिक हैसियत, पीडितलाई परेको मानसिक असरसमेतलाई विचार गर्दा प्रतिवादीलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) (ङ बमोजिम ८ वर्ष कैद र दफा २१९ (३) (क) बमोजिम ३ लाख जरिवाना हुने तथा पीडितलाई पुग्न गएको मानसिक असरलाई विचार गर्दा दफा २२८ बमोजिम प्रतिवादीलाई भएको जरिवाना ३ लाख र थप दुई लाख रकम क्षतिपूर्तिवापत प्रतिवादीबाट पीडितलाई भराइ दिने ठहर्छ।’

यसअघि ढकालकै इजलासले लामिछानेलाई दोषी ठहर गरेको थियो। सजाय निर्धारण गर्नका लागि आज पेसी तोकिएकोमा दुवै पक्षका वकिलले बहस गरेका थिए। जाहेरवाला पक्षले अधिकतम र सन्दीपका वकिलले न्यूनतम सजाय माग गर्दै बहस गरेका थिए। यसअघि १३ पुसमा अदालतले लामिछानेलाई दोषी ठहर गरेको थियो।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू