काठमाडौं – सप्तकोशी नदीमा पानीको बहाव ३ लाख क्यूसेक नाघेको छ ।
शनिबार बेलुका ६ बजेदेखि नदीमा निरन्तर बहाव वृद्धि भइरहेको छ । आइतबार बिहान ८ बजे गरिएको मापनअनुसार पानीको बहाव ३ लाख ३५ हजार ३ सय ६० क्यूसेक पुगेको हो ।
नदीमा पानीको बहावले शनिबार राति नै खतराको सतह पारेपछि खतराको संकेतस्वरूप ब्यारेजमा रातो झण्डा र बत्ती बालिएको थियो ।
नदीमा एक लाख ५० हजार क्यूसेक बहाव नाघेपछि रातो झण्डा र बत्ती बाल्ने गरिन्छ । अहिले ब्यारेजका ५६ मध्ये ५० वटा ढोका खुला गरिएको छ भने बहाव अझै उच्च रुपमा वृद्धि भइरहेको प्रजिअ पोखरेलले जानकारी दिएका छन् ।