सबैलाई ठाउँ र मान चाहिदाँ पार्टी कमजोर बन्यो : महामन्त्री थापा

44

विराटनगर । नेपाली कांग्रेस महामन्त्री गगन थापाले सवैलाई ठाँउ र मान चाहिदाँ पार्टी कमजोर भएको बताएका छन् । उनले नेता डा शेखर कोइरालाले कोशी सम्मेलन बहिष्कार गरेकोप्रति लक्षित गर्दै सबैलाई ठाउँ र मान चाहिने रोगबाट सवैले छुटकारा पाउनु पर्ने बताएका छन् । महामन्त्री थापाले कोइरालाकै गृहनगर विराटनगरमा आयोजित सम्मेलनमा टेक्निकल कुरा गरेरमात्र पार्टीभित्र एकता हुननसक्ने जिकिर समेत गरेका छन् ।

‘पार्टीभित्र एकता अनिवार्य छ, सबैलाई मिलाएर लैजाने कुरा अनिवार्य छ,’ महामन्त्री थापाले भने, ‘पार्टीमा टेक्निकल कुरा गरेर मात्रै हुँदैन, राजनीतिक कुरा हो मिलाउनुपर्छ, सबैलाई मिलाउनुपर्छ।’ कोइरालाले शनिबार विराटनगरमा चलिरहेको पार्टीको प्रदेश सम्मेलन बहिष्कार गरेका छन् । कोइराला चितवन पुगेर त्यहाँ आयोजित दुई शोकसभामा सहभागी भएका छन् । प्रदेश सम्मेलनको मञ्चमा सभापतिपछिको वरियता कोइरालाले मागेका थिए ।

समाचार वर्गहरू