काठमाडौं – नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले जेनजी पुस्ताको आन्दोलनका क्रममा भदौ २४ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा.आरजु राणामाथि निवासमै नियोजित रुपमा सांघातिक आक्रमण गरी हत्या प्रयास भएको भन्दै भर्त्सना गरेका छन् ।
बुधबार विज्ञप्ति जारी गरेर अध्यक्ष गुरुङले भने, ‘आन्दोलनको क्रममा भदौ २४ गते नेपाली कांग्रेसका सभापति आदरणीय नेता शेरबहादुर देउवाज्यू र आदरणीय डा.आरजु राणाज्यूको निवासमा गएर सांघातिक आक्रमण हुनु नियोजित हत्याको प्रयास हो ।’
गुरुङले भने, ‘उहाँहरूको रक्षार्थ अग्रपंक्तिमा उभिएर सकुशल सुरक्षित स्थानमा पुर्याएर उपचारमा मद्दत पु¥याउनुहुने हृदयी योद्धाहरूमा नेपाल तरुण दल हार्दिक सम्मान गर्दछ । आदरणीय शेरबहादुर देउवाज्यू जीवनभर प्रजातन्त्रका लागि समर्पित व्य हो ।’
‘देश र जनताको लागि बलिदान दिन तयार भएरै राजनीतिमा लाग्नुभएको हो । कांग्रेसमाथि आक्रमण हुनु सुनियोजित ढंगबाट देशलाई अन्धारतिर ढकेल्न गरिएको सुनियोजित प्रयास हो,’ गुरुङले भनेका छन् ।
‘लोकतन्त्रको मूल्य र मान्यतालाई सम्मान गर्दै सार्वजनिक सम्पत्तिको संरक्षणसहित राष्ट्रलाई यथाशीघ्र निकास दिन सरोकारवालाहरूसँग आग्रह गर्दछौं,’ तरुण अध्यक्ष गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
