सभामुख महरा कजाकस्तान प्रस्थान

15

काठमाडौं – सभामुख कृष्णबहादुर महरा युरोसियन मुलुकका सभामुखहरुको बैठकमा भाग लिन आज कजाकस्तान प्रस्थान गरेका छन् । सभामुख महरा ६ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज (शनिबार) बिहान कजाकस्तानतर्फ प्रस्थान गएका हुन्।

यहीँ सेप्टेम्बर २२ देखि २५ सम्म कजाकस्तानको अस्तानामा हुने युरेसियन देशका संसदका सभामुखहरुको चौथो बैठकमा सभामुख महरा नेतृत्वको प्रतिनिधि मण्डल सहभागी हुनेछ ।

प्रतिनिधि मण्डलमा प्रतिनिधि सभाका सदस्य मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली र अमृतादेवी अग्रहरि, संघीय संसद सचिवालयका प्रमुख लेखा नियन्त्रक बसन्तराज सिग्देल र सभामुखका स्वकीय सचिव डोरबहादुर पुन रहेका छन्।

कजाकस्तानको अस्तानामा हुने उक्त बैठकमा कजाकस्तानका लागि नेपाली महावाणिज्यदूत बरुण चौधरी र प्रतिनिधि सभा सदस्य विनोद चौधरी पनि सहभागी हुनेछन्।

उक्त बैठकमा नेपालको तर्फबाट सभामुख महराले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

तस्बिरः त्रिभुवन विमानस्थलमा सभामुख महरासहितको टोलीलाई बिदाइ गर्नुहुँदै संघीय संसदका निमित्त महासचिव गोपालनाथ योगी ।

समाचार वर्गहरू