सरकारद्वारा मिटरब्याजीको समस्या छानबिन गर्न जाँझबुझ आयोग गठन

9

काठमाडौं – सरकारले मिटरब्याजी समस्याका विषयमा छानविनका लागि जाँझबुझ आयोग गठन गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजी समस्याका विषयमा छानविन गर्न तीन सदस्यीय जाँझबुझ आयोग गठन गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

जाँझबुझ आयोगमा पूर्वन्यायाधीश गौरी बहादुर कार्कीको संयोजक छन् भने पूर्व एआइजी उत्तमराज सुवेदी र गणेशबाबु अर्याल सदस्य रहेका छन्।

समितिलाई तीन महिनाको अवधि दिइएको र ठोस र मूर्त रूपमा मिटरब्याजीको समाधानका लागि तत्काल एक्सनमा जाने गरी प्रतिवेदन पेस गर्न भनिएको प्रवक्ता शर्माले बताइन्।

समितिको मुख्यालय जनकपुरमा राख्ने निर्णय भएको उनले जानकारी दिइन्।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू