सरकारसँगको सहमतिपछी आमरण अनसन तोड्दै डा. केसी

6

काठमाडौं – बीसौं पटक चिकित्सा शिक्षा सुधारका लागि आमरण अनसनरत डा. गोविन्द केसीले आमरण अनसन तोड्ने भएका छन् ।

सरकारी वार्ता टोली र डा. गोविन्द केसीका  वार्ता टोलीबीच सहमति भएसँगै बीसौं पटक चिकित्सा शिक्षा सुधारका लागि आमरण अनसनरत डा. गोविन्द केसीले आमरण अनसन तोड्ने भएका हुन् ।

केसीका माग सम्बोधन गर्न सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिव रोशन पोखरेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी सदस्य छन् ।

केसी पक्षको वार्ता टोलीमा भने अधिवक्ता ओमप्रकाश अर्याल, डा लिजन महर्जन र प्रितम सुवेदी सदस्य छन् ।

केसीले भदौ २७ बाट धनगढीको कृष्ण मन्दिरमा आमरण  अनशन सुरू गरेका थिए। उनको स्वास्थ्यमा समस्या आएपछि महाराजगंज ल्याइएको थियो।

डा.केसीले बिरामीको संख्याका आधारमा चिकित्सकको दरबन्दी थप गर्नुपर्ने, सरकारी अस्पतालमा अत्यावश्यक परीक्षण निशुल्क गर्नुपर्ने सहितका माग राखेका थिए।

समाचार वर्गहरू