सर्वोच्च अदालतको रिक्त न्यायाधीशमा तिनजना सिफारिस

96

काठमाडौं – न्याय परिषदले सर्वोच्च अदालतको रिक्त तीन पदमा न्यायाधीश सिफारिस गरेको छ। चार पद रिक्त रहे पनि परिषदले तीनजनालाई सिफारिस गरेको हो।

वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च  अदालत दिपायलकी मुख्य न्यायाधीश शान्ती सिंह थापालाई सिफारिस गरिएको हो।

यो सिफारिस सँगै सर्वाेच्चमा न्यायाधीशका चार पद रिक्त रहेकोमा एक पद अझै खाली छ।

समाचार वर्गहरू