सहकारी घोटाला – जीबी राईका जेठान बमजन कारागार चलान

73

काठमाडौं – स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न ज्ञान बहादुर बमजनलाई अदालतले थुनामा राख्न आदेश गरेको छ ।

काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार उनलाई आइतबार केन्द्रीय कारागार सुन्धारा चलान गरिएको हो ।

जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा उनी भद्रकाली स्थित जिल्ला प्रहरी परिसरको हिरासतबाट भागेका बमजन कार्तिक २३ मा पक्राउ परेका थिए ।

सिन्धुलीको दुधौली नगरपालिका–७ घर भएका ५४ वर्षीय बमजन गीतेन्द्रबावु राई (जीबी)का जेठान हुन् । पोखरामा सञ्चालित सुर्यदर्शन सहकारीको रकम घोटाला प्रकरणमा उनी १० लाख धरौटीमा छुटेका थिए ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले २०८१ पुस २१ मा रास्वपा सभापति रवि लामिछाने सहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो ।

समाचार वर्गहरू