साउन १० गतेसम्म थपियो उपत्यकामा निषेधाज्ञा, के खुल्यो ? के बन्द छ ?

10

काठमाडौँ – कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा साउन १० गतेसम्मका लागि थपिएको छ ।

बिहीबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा साउन १० गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

साउन १ गतेदेखि लागू हुने मापदण्डअनुसार अत्यावश्यक कामले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरुलाई आवतजावत गर्न दिइने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

साथै लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालन गर्नका लागि सीसीएमसीलाई सिफारिस गरिएको पनि उनले बताए । उनले पसलहरु बेलुकी ७ बजेसम्म खोल्न दिइने पनि जानकारी दिए ।

उपत्यकामा पार्टी प्यालेस, डान्सबार, नाचघर, स्वीमिङ पुल, सैलुन, ब्युटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, शैक्षिक संस्थाहरु भने अझै बन्द रहने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।

जिप्रका काठमाडौंको निषेध आदेश

प्रकाशित : असार ३१, २०

समाचार वर्गहरू