सागमा नेपालले थप ३ स्वर्ण पदक जित्याे

24

(काठमाडाैं) – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत नेपालले आज थप ३ स्वर्ण पदक जितेको छ । योसँगै जारी सागमा नेपालको ३२ वटा स्वर्ण भएको छ । १८ रजत र २९ कास्य सहित नेपालको पदक संख्या ७८ पुगेको छ ।

क्रश कन्ट्री साइक्लिङ पुरुषतर्फ नेपालका बुद्धिबहादुर तामाङले स्वर्ण जितेका छन् । यसै स्पर्धाको रजत र कास्य पदक पनि नेपालकै हात लागेको छ । राजीव राईले रजत र ओकेशराज बज्राचार्यले कास्य पदक जितेका छन् । तामाङले २० किलोमिटरको निर्धारित दुरी पार गर्न १ घण्टा १९ मिनेट ८ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेका हुुन् ।

क्रश कन्ट्री साइक्लिङको महिला तर्फ नेपालकी लक्ष्मी मगरले स्वर्ण जितेकी छिन् । सोही स्पर्धामा नेपालकै उषा खनालले रजत प्राप्त गरेकी छन् । यस्तै, भारतकी प्रनिता प्रफुलको भागमा कास्य पदक परेको छ । ४ किमीको ४ ल्याप पुरा गर्नुपर्ने यस स्पर्धा मगरले १ घण्टा २० मिनेट २० सेकेण्डमा पुरा गरेकी थिइन् ।

उसुतर्फ थाउलुको नानछ्वन अलराउण्डमा नेपालकी नीमा घर्तिमगरले स्वर्ण जितेकी छिन् । उनले १८ दशमलव ९१ अंक प्राप्त गर्दै स्वर्ण जितेकी हुन् । उनी उसुमा दुई वटा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी भएकी छिन् ।

समाचार वर्गहरू