साग क्रिकेटमा अन्जलीकाे कीर्तिमानी प्रर्दशन

17

(पाेखरा) – अन्जली चन्दको कीर्तिमानी प्रर्दशनपछि १३ औं साग अन्तर्गत महिला क्रिकेटमा नेपालले विजयी शुरुआत गरेको छ । पोखरा रंगशालमा आजबाट शुरु प्रतियोगितामा नेपालले माल्दिभ्सलाई १० विकेटले हरायो ।

सामान्य १७ रनको लक्ष्य भेट्न नेपालले एक ओभर पनि खेल्न परेन । नेपालले लक्ष्य ५ बलमा नै भेट्टायो । अविजित रहेकी नेपालकी ओपनर काजल श्रेष्ठले ५ बलमा ३ चौका सहित १३ रन बनाइन् ।

यो नेपालले सबैभन्दा छिटो हासिल गरेको जीत हो । त्यसअघि अन्जलीको कीर्तिमानी प्रदर्शनपछि माल्दिभ्स १० दशमलव १ ओभरमा १६ रनमा अल आउट भएको थियो ।

माल्दिभ्सका ९ जना खेलाडीले खाता पनि खोल्न सकेनन् । अन्जलीले ४ ब्याट्सवुमनलाई क्याच आउट र २ लाई बोल्ड आउट गरिन् । अन्जलीले २ दशमलव १ ओभरमा २ मेडन राख्दै बिना कुनै रन ६ विकेट लिइन् ।

अन्जलीले नवौं ओभरको पाँचौ र छैटौं तथा ११ औं ओभरको पहिलो बलमा विकेट लिदै ह्याट्रिक पूरा गरेकी थिइन् ।

नेपालले पर्सि बंगलादेश र शुक्रबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।

समाचार वर्गहरू