साग महिला क्रिकेटमा नेपाल श्रीलंकासँग पराजित

21

(काठमाडाैं) – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत महिला क्रिकेटमा नेपाललाई पराजित गर्दै श्रीलंका फाइनमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा श्रीलंकाले नेपाललाई ४१ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

उपाधिका लागि अब बंगलादेश र श्रीलंका भिड्ने भएका छन् । नेपालले कांस्यका लागि भोलि माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।

टस जितेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११८ रन बनाएको थियो । १ सय १९ रनको लक्ष्य पच्छ्याएर ब्याटिङमा उत्रिएको नेपाली टिमले २० ओभरमा ९ विकेट गुमाउँदै मात्रै ७७ रन जोड्यो ।

नेपालका लागि कप्तान रुविना क्षत्री, अप्सरा बेगम, कविता कुावर र करुणा भण्डारीले बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बटु्ल्न सकेनन् । नेपालका सिता रानामगर, इन्दु बर्मा र डली भट्ट शुन्यमै आउट भए ।

श्रीलंककी सचिन निशानसालाले ३ विकेट लिइन् । पहिले ब्याटिङ गरेको श्रीलंकाको तर्फबाट लिहिनी अप्सराले सर्वाधिक ३७ रन बनाइन् । जनादी अनालीले ३५ रन जोडिन् । नेपालकी सरस्वती कुमारी र सोनु खड्काले २/२ विकेट लिईन । नेपाल ३ खेलमा १ जित र २ हार ब्यहोर्दै अंक तालिकाको तेस्रो स्थानमा छ ।

समाचार वर्गहरू