कास्की – जारी दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)को महिला फुटबलमा नेपाल एक पटक फेरि भारतसँग पराजित भएको छ । सोमबार पोखरा रंगशालामा भएको खेलमा नेपाल भारतसँग २–० ले पराजित भएपछि पुनः रजतमा चित्त बुझाउन बाध्य भएको छ ।
१२ औं सागमा पनि नेपाल फाइनलमा भारतसँग पराजित हुँदै रजतमा सिमित भएको थियो ।
आज भएको खेलको पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफमा पनि एक गोल खायो । भारतको लागि दुबै गोल बाला देवीले गरिन् । महिला फुटबलको स्वर्ण पदक पुनः भारतले आफ्नो पोल्टामा पार्न सफल भएको छ ।