साग महिला भलिबल : उपाधिका लागि नेपाल र भारत भिड्दै

13

(काठमाडौं) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको उपाधिका लागि नेपालले आज (मंगलबार) भारतसँग प्रतिस्पार्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा महिलातर्फको स्वर्णका लागि नेपालले भारतसँग अपरान्ह ४ बजेपछि खेल्नेछ ।

भारतविरुद्ध कोर्ट उत्रदा नेपाल ऐतिहासिक स्वर्णको लक्ष्यमा हुनेछ । नेपाल सागको भलिबलमा पहिलो स्वर्णको खोजीमा रहेको छ । तर, नेपालले बलियो प्रतिद्वन्दी भारतको चुनौती समाप्त गर्नु पर्ने हुन्छ ।

समूह चरणको खेलमा नेपाल भारतसँग ३-० को सोझो सेटमा पराजित भएको थियो । त्यसैले नेपाललाई फाइनलमा थप दबाब हुनेछ ।

नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । त्यस्तै भारतले माल्दिभ्सलाई पराजित गरेको थियो । श्रीलंकाले माल्दिभ्सलाई ३-० ले पराजित गर्दै काश्य पदक जितिसकेको छ ।

पुरुषतर्फको फाइनलमा भने पाकिस्तानले भारतसँग खेल्नेछ ।

समाचार वर्गहरू