यू – १५ वुमन च्याम्पियनसिपका लागि टोलीको घोषणा

16

काठमाडौं – भुटानमा हुने साफ अन्डर १५ वुमन च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । टोलीका मुख्य प्रशिक्षक राकेश श्रेष्ठले आज २३ सदस्य टोलीको टुङगो लगाएका हुन् ।

थिम्पुको चाम्लिमिथाङ रगशालामा नेपालले इन्डियासंग प्रतिस्पर्धा गर्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । ४ टोली सहभागी प्रतियोगिताको शीर्ष २ टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछ । च्याम्पियनसिप आगामी अक्टोबर ९ देखि १५ सम्म थिम्पुमा हुनेछ ।

यस्तै, एएफसी फुटसल च्याम्पियनसिपका लागि २५ सदस्यीय टोलीको घोषणा गरिएको छ । तुर्केमिनिस्तानमा हुने एएफसी फुटसल च्याम्पियनसिप २०२० अन्तर्गत इरानमा हुने छनोट खेलमा समुह ए मा रहेको नेपालले ताजकिस्तान सहित उज्वेकिस्तान र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

समाचार वर्गहरू