साफ यू–१५ च्याम्पियनसिपमा नेपाल र भुटानबीच बराबरी

14

काठमाडौं  – तेस्रो संस्करणको महिला साफ यू–१५ च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले भुटानसंग बराबरी खेलेको छ । लिग चरणको अन्तिम खेलमा नेपाललाई घरेलु टोली भुटानले १–१ गोलको बराबरीमा रोक्न सफल भएको हो ।

नेपाल यसअघि नै प्रतियोगितबाट बाहिरिएकाले आइतबार खेल प्रतिष्ठाको लडाइँको रुपमा हेरिएको थियो । पहिलो खेलमा भारतसँग पराजित भएको नेपाल दोस्रो खेलमा बंगलादेशसँग पनि पराजित भएको थियो ।

उपाधिका लागि भारत र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् । पहिलो हाफमा दुवै टिमले एक अर्का्विरुद्ध आकर्षक मुभ बनाए पनि गोल गर्न असफल भएका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा दुवै टिमले दोस्रो हाफमा एक(एक गोल गरेका थिए ।५० औं मिनेटमा नेपालले गोल गर्दै अग्रता हासिल गरेको थियो ।

नेपालका लागि निकिता थोकरले गोल गरेकी हुन् । १ गोलले पछि परेको घरेलु टोली भुटानले ६८ औं मिनेटमा बराबरी गोल गरेको थियो । कप्तान नेकी लाजोमले गोल गर्दै भुटानलाई बराबरी गराएकी हुन् ।

खेलको अन्त्यतिर दुवै टिमले आक्रामक फुटबल खेले पनि गोल गर्न भने असफल भए ।

समाचार वर्गहरू