सार्वजनिक माफी मागेपछि छुटे थापा

16

(काठमाडौं) – तिहारको विवादित गीत गाएपछि मंगलबार पक्राउ परेका गायक दुर्गेश थापा छुटेका छन् । देउसी गीत बिगारेर त्यसमार्फत ’गाँजा’लाई प्रवर्धन गरेको र सामाजिक सहिष्णुतामा खलल र्पुयाएको आरोप लागेको थियो ।

कानून विपरीत रहेको विवादित गीत युट्युवबाट हटाएर सार्वजनिक माफी मागेपछि थापालाई छोडिएको अपराध महाशाका प्रमुख एसएसपी सहकूल थापाले जानकारी दिए ।

तिहारलाई लक्षित गरेर दुर्गेशले सार्वजनिक गरेको नयाँ गीतलाई लिएर जिल्ला प्रशासन कार्यलाय काठमाडौंमा उजुरी परेको थियो । गायक थापाले तिहार लक्षित गरी ‘हृयाप्पी तिहार, चिसो वियर’ बोलको गीत युट्युबबाट सार्वजनिक गरेका थिए ।

सोही उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालयले महाशालालाई थापाको गीत बारे अनुसन्धान गरेर प्रचलित कानून अनुसार कारबाही गर्न आदेश दिएपछि प्रहरीले थापालाई नियन्त्रणमा लिएको थियो ।

समाचार वर्गहरू