सार्वजनिक यातायात र हवाई उडान असोज ५ बाट सञ्चालन गर्ने सरकारको निर्णय

30
फाइल फोटो

काठमाडौं – सरकारले असोज ५ गतेबाट लागु हुने गरी सबै किसिमका सार्वजनिक यातायात र हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको रोकथामका लागि भन्दै महिनौं देखि बन्द गरिएको दुवै सेवाहरु सुचारु गर्ने निर्णय सोमबार बसेको मन्त्रिपरिषदले गरेको हो ।

सरकारका एक मन्त्रीका अनुसार सार्वजनिक यातायात र हवाई सेवा सञ्चालनका लागि निश्चित मापदण्ड तोकी दुवै सेवा सुचारु गरिनेछ । दशैंलाई दृष्टिगत गरी सरकारले यातायात र हवाई सेवा सञ्चालन गर्न दिने निर्णय गरेको हो । योसँगै जनजीवन केही सामान्य अवस्थामा फर्कने आशा गरिएको छ ।

चैत ११ बाट सुरु भएको १ सय २० दिन लामो लकडाउन सरकारले साउन ७ गते खोलेको थियो। कोरोना संक्रमण बढ्न थालेपछि फेरि भदौ ३ देखि २४ गतेसम्म २१ दिन निषेधाज्ञा लगाएको थियो।

निषेधाज्ञा खुलेलगत्तै सरकारले विस्तारै जनजीवन सामान्य बनाउँदै लगेको छ। सोही आधारमा आज बसेको मन्त्रिपरिषद यो निर्णय गरेको हो। सरकारले यसअघि नै अन्तराष्ट्रिय उडान खुला गरिसकेको छ।

समाचार वर्गहरू