सिन्धुपाल्चोकको बलेफी २ मा गोलाप्रथाबाट काँग्रेसका न्यौपाने विजयी

11

काठमाडौं – सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नंबर २ मा गोला प्रथाबाट काँग्रेसले अध्यक्ष पाएको छ ।

सो वडामा मतगणनाको अन्तिम परिणाम आउँदा माओवादी केन्द्र र काँग्रेसको बराबर मत आएकोले गोला प्रथा गरिएको थियो ।

माओवादी केन्द्रका उम्मेदवार पुरुषोत्तम सापकोटा र काँग्रेसका छविलाल न्यौपाने दुवैले ४ सय ९५ मत पाएका थिए । दुबैको बराबरी मत आएपछि गरिएको गोलाप्रथाबाट वडा अध्यक्षमा काँग्रेस उम्मेदवार न्यौपाने विजयी भएका हुन् ।

न्यौपाने यस अघिपनि सो वडाका वडाअध्यक्ष थिए ।

समाचार वर्गहरू