सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

12

काठमाडौं – सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-८ स्थित अरनिको राजमार्गको जल्किने मोडमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 
 
चौतारातर्फ आउँदै गरेको बागमती प्रदेश ०२००६ प ९५३९ नं को मोटर साइकलको पछाडि सवार चौतारा साँगाचोकगढी नगरपालिका-७ की इन्दिरा अधिकारी रहेकी छन्। उनको श्रीमान् मोटरसाइकल चालक सन्तोष दुलाल  घाइते भएका छन्।  

विपरीत दिशाबाट आउँदै गरेको बा. प्र. ०१-००६ ख. २७१६ नं. को टिपरसँग ठोक्किँदा मोटरसाइकल अनियन्त्रित भएको थियो।
 
अधिकारीलाई उपचारका लागि चौतारा अस्पताल ल्याइएकामा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। 

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू