सिन्धुली बस दुर्घटनामा दुई जनाको मृत्यु, २३ जना घाइते

108

काठमाडौं – सिन्धुलीमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

काठमाडौँबाट भोजपुर जाँदै गरेको बस मदनभणडरी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ द्वारखोलानजिक दुर्घटना भएको हो।

सोमबार दिउँसो ३ बजे भएको बस दुर्घटनामा २३ जना घाइते भएका छन् । २३ जना घाइतेलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको छ ।

दुर्घटनामा परी तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकहरूको पहिचान नखुलेको प्रहरीले बताएको छ।
बागमती प्रदेश ०१–००६ ख ६७८५ नम्बरको बस दुर्घटना भएको हो।

सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले दुई जनाको मृत्यु भएको जानकारी दिए। उनले भने,‘दुई जनाको मृत्यु भएको बुझिएको छ, विवरण आउन बाँकी छ। हामी रेस्क्यु गर्दैछौँ।’

घटनाको कारणसहितको थप विवरण आउन बाँकी रहेकाे उनले बताए।

समाचार वर्गहरू