काठमाडौं – मालबाहक ट्रक त्रिशूली नदीमा खसेको छ । नारायणघाट मुग्लिन सडक खण्डको २५ किलो भन्ने ठाउँमा सडकबाट ट्रक त्रिशूली नदी किनारमा खसेको हो ।
सिमराबाट खाने तेल बोकेर काठमाडौं जाँदै गरेको ना ६ ख ६२८३ नम्बरको ट्रक भरतपुर महानगरपालिका २५ किलोमा सडकबाट खसेर त्रिशूलीमा पुगेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।
ट्रक त्रिशूली नदीको किनारमा अड्किएको र दुर्घटनाको विवरण आउन बाँकी रहेको उनले बताए।