मोरङ – विराटनगरमा थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट सिराहको विष्णुपुर गाउँपालिका– १ घर भएका ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।
बिहीबार अस्पताल भनाई भएका उनमा सोही दिन कोरोना पोजेटिभ देखिएको थियो । बिहीबार राति करीब सवा ८ बजे उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए ।
उनमा श्वासप्रश्वास र निमोनियाको समस्या थियो । शरीरमा रगतको कमी पनि देखिएको डा. दासले बताए ।