सीमा समस्याको समाधान ढोल बजाएर हुँदैन – रवि लामिछाने

45

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ५ दिन लामो भारत भ्रमणबाट फर्किएका छन् । उनले आफ्नो भ्रमण उपलब्धीमूलक बनेको बताए ।

त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै लामिछानेले भारतीय पक्षहरुसँग आफूले पारदर्शी ढंगले विभिन्न विषयमा कुराकानी गरेको बताए ।

उनले भने, ‘हरेक वैठकमा दुवै पक्षको प्रतिनिधिमण्डल सहभागी थिए । मेरो हरेक भेटवार्तामा दूतावासका कार्यवाहक राजदूत सहभागी हुनुभयो । कुनै पनि भेटघाट अपारदर्शी भएन ।’

नेपाल–भारत सीमा समस्याबारे सोधिएको प्रश्नमा उनले भने, ‘दुई देशबीचका कुनै पनि विषय कुटनीतिको माध्यमबाट, कुटनीतिक च्यानललाई एक्टिभ गराउनु सबैभन्दा महत्वपूर्ण हुन्छ । तीनको आवाज एकदमै हल्ला गरेजस्तो, ढोल बजाएर हुँदैन । ढोल नबजाइकन आफ्नो देशको कुराहरु चरणवद्ध तरिकाले गर्नुपर्छ ।

अभियन्ताले र पत्रकारले उठाउने विषय तथा सबैभन्दा बढी जनताले पत्याएको राजनीतिक दलले उठाउने विषयको फरक–फरक जिम्मेवारी र संवेदनशीलतालाई बुझ्न सकिएन भने कुटनीतिमा त्यसको महत्व हुँदैन । लोकप्रियताका लागि त त्यो सजिलो हुन्छ ।

समस्या समाधान गर्न चरण हुन्छ । तर कुटनीतिका चरण हुन्छन् । सही ठाउँमा, सही ढंगले आफ्ना कुरा राख्न नेपालले हिजो पनि सुरु गरेको थियो, आज पनि गरेको छ, ती कुराहरु कुटनीतिक माध्यमबाट अघि बढ्ने भएकाले मिडियाका चासोभन्दा संवेदनशील भएर अघि बढेका हुन्छन् । त्यस ढंगले कुराहरु अघि बढ्यो ।’

समाचार वर्गहरू