साइमेक्स इंकद्वारा एक अर्बभन्दा बढीको करछली गरि गाडी आयात: कमिशनको लोभमा अर्थमन्त्री वाग्लेको आस

10

काठमाडौं । नेपालको लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले गत जेठ १४ गते कोरोना नाकाबाट विनागाडी भन्सार जाँचपास गराएको पाइएको छ । जेठ २१ सम्म साइमेक्सले नेपाल भित्र्याएको सात सय ७४ वटा गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि यसको रहस्य खुलेको हो । कम्पनीले इलेक्ट्रोनिक गाडीहरूमा किलोवाटको आधारमा नभई मूल्यको आधारमा भन्सार लगाउने गरी आर्थिक विधेयक ल्याउने अर्थमन्त्री स्वर्णिम वाग्लेको सिग्नलपछि गाडी नआउँदै भन्सार पास गराएको थियो ।

‘कर छली गरेर देशलाई आर्थिक नोक्सानी पु¥याउँदै गरिएको’ सूचनाको आधारमा भन्सार पास भएर नेपाल भित्रिसकेको गाडी नियन्त्रणमा लिइएको हो । यसले कर्मचारीहरूसँगै बालेन नेतृत्वको सरकारका अर्थमन्त्री डा. वाग्लेसम्मलाई गम्भीर नैतिक समस्या परेको स्रोतको दाबी छ । स्रोतका अनुसार अर्थमन्त्री वाग्लेकै संरक्षणमा बजेटअघि नै विनागाडी भन्सार जाँचपास गराएको कागजात बनाएर बजेट घोषणालगत्तै यमुना श्रेष्ठको कम्पनी साइमेक्स इंकले ७७४ वटा बीवाईडी गाडी ल्याएको थियो ।

तर सशस्त्रले नियन्त्रणमा लिएपछि गोप्य सूचना कहाँबाट चुहियो भन्ने खोजी अर्थ मन्त्रालयमा हुन थालेको बताइएको छ ।जेठ १४ गते विनागाडी भन्सार जाँचपासको कागजात बनाएर भन्सार दर घटेमा त्यहीअनुसार समायोजन गर्ने र भन्सार दर बढेमा पहिलेकै भन्सार दरको आधारमा गाडी पास गरिएको हुनेगरी कागजपत्र मिलाएर बजेट भाषणअघि नै भन्सार पासको कागज तयार गरिएको थियो र त्यही कागजको आधारमा जेठ २१ गतेसम्म कोरोला नाकाबाट गाडीहरू नेपाल भित्र्याइएको थियो ।

त्यसरी गाडी भित्र्याउने गरी भन्सार जाँचपास गरेको कागजात बनाएसँगै बजेट भाषणमा इलेक्ट्रोनिक गाडीमा किलोवाटका आधारमा भन्सार लगाउने व्यवस्था भएकोमा मूल्यका आधारमा भन्सार लगाउने बजेटले व्यवस्था गरेको थियो । यसरी बजेटअघि नै भन्सार पास गराउँदा प्रतिगाडी २५ लाखका दरले सात सय ७४ वटा गाडीमा हुने एक अर्ब ९२ करोडभन्दा माथि करछलीको रकमलाई भागभन्डा गरेर झ्वाम पार्ने योजना बनाएको हुन सक्ने आशंका बजारमा व्याप्त छ ।

नेपालमा इलेक्ट्रोनिक गाडीको मोटर क्षमता जाँच गर्ने उपकरण नभएको र स्वघोषणा गरी गाडी ल्याउन पाइने यसअघिको व्यवस्थामा समेत भन्सारमा अन्डर इन्भ्वाइस गरेर गाडी ल्याउने र महंगोमा बेच्ने गर्दै आएको साइमेक्स इंकले राजनीतिक दलका नेतृत्वलाई र आफ्नो काममा सघाउने मिडियाहरूलाई आफैँले पैसा तिरेर गाडी किनेको देखाएर दिने गरेको बताइने गरिन्छ ।

विभिन्न तिकडमबाट नेपालमा फस्टाएको बिवाइडीको धन्दाको मोहजालमा भ्रष्टाचार अन्त्य गर्ने र सुसाशन स्थापना गर्ने भनेर आएको बालेन सरकारका अर्थमन्त्री वाग्ले पनि बीवाईडीको विनागाडीको भन्सार जाँचपास गराएर राज्यलाई ठग्न लागिएको करिब दुई अर्बको जालमा फसेको हुन सक्ने आशंका बढेको हो ।

समाचार वर्गहरू