काठमाडौं – म्याग्दीको मंगला गाउँपालिकाले सुत्केरीलाई भाले उपहार दिन थालेको छ। संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम मार्फत गाउँपालिकाले भाले उपहार दिन थालेको हो।
गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख लेखनाथ रोकाले बच्चा र आमाको पोषण तथा स्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति हुनेलाई कुखुराको भाले उपहार दिन थालिएको बताए।
तोकिएको मितिमा आठ पटक गर्भ जाँच गर्दा हरेक पटक एक/एक क्रेट अण्डा र संस्थागत प्रसूति हुनेलाई एउटा कुखुराको भाले दिने गरिएको हो।
संस्थागत सुत्केरी हुनेलाई संघीय सरकारले यातायात खर्च वापत दुई हजार रुपैयाँ र गर्भ परीक्षण गर्नेलाई ८०० रुपैयाँ उपलब्ध गराउने गरेको छ। अण्डा र भाले गाउँपालिकाको बजेटबाट उपलब्ध गराइएको हो।