सुदनले लिएको यो “जिम्मा”को जिम्मा कसले लिने ?

95

काठमाडौं – जेनजी अगुवा भनिएका सुधन गुरुङले भदौ २३ गरेको प्रदर्शन शान्तिपूर्ण हुने प्रतिवद्धतासहित कार्यक्रम आयोजनाका लागि स्थानीय प्रशासनसँग अनुमति मागेको पाइएको छ ।

जेनजी आन्दोलनमा भएको धनजनको क्षतिका लागि तत्कालीन सरकारलाई जिम्मेवार ठान्दै आफू पानी माथिको ओभानो बन्न खोजिरहेका उनले आफू अध्यक्ष रहेको संस्था ‘हामी नेपाल’ को नाममा सिडिओ कार्यालयलाई लेखेको पत्र फेला परेको छ । पत्रमा कार्यक्रम शान्तिपूर्ण हुने विश्वास दिलाइएको छ ।  

प्रदर्शनको अघिल्लो दिन भदौ २२ गते लेखिएको पत्रमा भनिएको छ, ”देशमा भैरहेको चरम भ्रष्टाचार,जनतामाथिको शोषण र शक्तिको दुरुपयोग,सामाजिक सञ्जालमा गरिएको अनावश्यक बन्देज लगायत जनताको मौलिक हक अधिकार कुण्ठितका मुद्दाहरुको विरोधस्वरूप जनचेतना जगाउने उद्धेश्यले साथै लोकतान्त्रिक अभ्यास मर्यादा अनुरुप हुने विश्वास गर्दै भोलिका मितिदेखि अनिश्चितकालीन आन्दोलनका लागि स्वीकृति प्रदान गरिदिनुहुन अनुरोध गर्दछौँ ।’

गुरुङले हस्ताक्षर गरेको पत्रमा विशेष नोट लेख्दै आन्दोलनका क्रममा कुनै पनि अवाञ्छित गतिविधि वा सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याइने प्रतिवद्धता जनाइएको छ ।

आफ्नै संस्थाको लेटरप्याडमा बकाइदा हस्ताक्षर गरेर पत्र लेखेका गुरुङले भदौ २३ को हुलदंगा र २४ को विध्वंसको नैतिक, राजनीतिक र कानुनी जिम्मेवारी लिएका छैनन् । तर, तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई भने घटनामा दोषी ठहर गर्दै पक्राउ गर्न माग गर्दै आएका छन् ।

जनआस्था

समाचार वर्गहरू