सुनको मूल्य फेरि बढ्यो

15

(काठमाडौं) – नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । सुनको मूल्य ७ सय रुपैयाँले बढेर प्रतितोला ७१ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज मूल्य घटेको हो । कार्तिक ८ गते ७१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज फेरि बढेको हो ।

चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ । मूल्य बढेर चाँदी प्रतितोला ८ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

समाचार वर्गहरू