काठमाडौं – सुनचाँदी व्यवसायीहरुले चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२ ८३ को बजेटमा समेटिएका अव्यवहारिक कर नीति विरूद्ध आन्दालेनको घोषणा गरिएको हो ।
मंगलबार नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघद्धारा संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आन्दालेनको घोषणा गरिएको हो ।
सरकारले सुनचाँदी, हिरा, जवाहतरात तथा हस्तकला व्यवसायीलाई मात्र नभई आम उपभोक्तालाई समेत प्रत्यक्षरुपमा असर पर्ने गरी २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याटको नाममा चर्को भार पार्न खोजिएको भन्दै व्यवसायीहरुले आन्दोलनको घोषणा गरेका हुन् ।
सरकारले जायज माग सम्बोधन नगरेमा साउन १ गते देखि देशभरका सम्पूर्ण सुनचाँदी व्यवसाय अनिश्चितकाललिन बन्द गर्ने चेतावनी समेत दिइएको छ ।
महासंघ द्धारा तय गरिएका आन्दोलनका कार्यक्रम
१. असार १३ गते देशभरका ब्यवसाय बन्द गर्ने जिल्ला सदरमुकाममा विरोध कार्यक्रम संचालन गर्ने । वागमति प्रदेशको हकमा काठमाडौंमा वृहत याली सहित विरोध सभा गर्ने ।
२. सरकारले जायज माग सम्बोधन नगरेमा साउन १ देखि देशभरका सम्पूण सुन चाँदी ब्यवसाय अनिश्चितकाललिन बन्द गरी महासंघ द्धारा तय गरिएका आन्दोलनका कार्यक्रममा सहभागीता हुने ।