सुर्खेतमा सेनाद्वारा एयर वेस सञ्चालन

17

सुर्खेत – नेपाली सेनाले सुर्खेतमा एयर वेस सञ्चालनमा ल्याएको छ । सुर्खेत एक कार्यक्रमबीच प्रधानसेनापति पूर्णचन्द्र थापाले एयर वेसको शुभारम्भ गरे । नेपाली सेनाले पहिलो पटक काठमाडौं उपत्यका बाहिरबाट ऐयर बेस संचालनमा ल्याएको हो । हवाई सुविधालाई क्रमशः मुलुकभर विस्तार गर्ने नीति अनुसार मंगलबारबाट सुर्खेतस्थित पश्चिम एयर वेशको शुभारम्भ गरी सो कार्यको थालनी गरेको हो ।

सेनाले सुरक्षित हवाई क्षमता वृद्वि गर्ने उद्देश्यले सुर्खेत स्थित पश्चिम एयर वेशमा हृयाङ्गगर निर्माण कार्यको थालनी भईसकेको र हाल एम.आई १७ सहित दुई वटा हेलिकोप्टर नियमित रुपमा तैनाथ गरी हवाई सेवाको पहुँच वृद्वि गर्ने कार्यको सुरुवात गरिएको जनाएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयले आगामी १० वर्षभित्र हवाई साधन थप गरी सेकेण्ड लाइन मेन्टिनेन्स सहितको सेवा प्रदान गर्ने उद्देश्य रहेको जनाएको छ । नेपाली सेनाले हवाई पारवहन क्षमतालाई उपत्यका बाहिर समेत विस्तार गरी सेवा प्रदान गर्ने कार्यक्रम अन्तर्गत पश्चिम एयर वेशले पश्चिम तथा सुदूरपश्चिमका जनताहरुलाई विपद् तथा आकस्मिक घटनाहरुको समयमा छिटोछरितो र प्रभावकारी ढंगबाट उद्दार तथा राहत वितरण कार्यमा थप मद्दत पुग्ने विश्वास लिएको छ ।

समाचार वर्गहरू