सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति दिवस मनाइँदै

36
फाइल फोटो

काठमाडौं – संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति दिवसमा बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

तत्कालीन नेकपा एमालेका उपाध्यक्ष, प्रतिनिधिसभाका सदस्य नेम्वाङको २०८० साल भदौ २६ गते ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो।

गत वर्ष आजकै दिन नेम्वाङको हृदयघातका कारण निधन भएको थियो। उनको स्मरणमा नेकपा एमालेले पार्टी कार्यालय च्यासलमा कार्यक्रमको आयोजना गरेको छ।

आज उनको तस्बिरमा माल्यार्पण एवम् पुष्पगुच्छा अर्पण गरी उनको स्मरण गरिने र उनले दिएको योगदानको चर्चा गर्ने एमालेले जनाएको छ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङ बिनाका एक वर्षमा उनलाई सम्झना गर्ने कयौँ क्षण आएको बताएका छन्। सामाजिक सञ्जालमा नेम्वाङको निधनले दिएको पीडा सम्झदै उनले यस्तो बताएका हुन् ।

उनले आफ्नो फेसबुकमा लेखेका छन् –

समाचार वर्गहरू