काठमाडौं – पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नयाँ सरकारको नेतृत्व लिन जेनजी समूहले गरेको प्रस्ताव स्वीकार गरेकी छन्।
जेनजी समूहको भर्चुअल बैठकमा जेनजी समूहका सदस्य राष्ट्रविमोचन तिमल्सिना (र्यान्डम नेपाली) ले उक्त जानकारी दिएका हुन्।
जेनजी समूहले बुधबार गरेको भर्जुअल छलफलमा सहभागीमध्ये अधिकांशले पूर्वप्रधानन्यायाधीश कार्कीलाई सरकारको नेतृत्वमा पठाउनुपर्नेमा जोड दिएका छन्।
नेपाली सेनाले जेनजीका प्रतिनिधिलाई वार्तामा बोलाइरहँदा उनीहरूबीच विभिन्न नेताहरूका विकल्पबारे छलफल जारी छ।
विकल्पका रूपमा सागर ढकाललाई राखिएको छ। ढकालले अरू कोही अगाडि नबढेमा आफू तयार रहेको बताएका छन्।