काठमाडौं – सिन्धुली र रामेछाप जोड्ने बीपी राजमार्ग र मध्य पहाडी राजमार्ग जोड्ने सुनकोशी नदीमाथिको पुल सेनाले बनाउन सुरु गरेको छ ।
गत ११ र १२ गतेको भिषण बर्षापछीको बाढिले बगाएको बेली ब्रिज नेपाली सेनाले आइतबार जडान कार्य सुरु गरेको हो ।
नेपाली सेनाका अनुसार प्राविधिक सहितको टोलीले पुल निर्माण थालेको हो। उक्त पुलको निर्माणपछि राजमार्ग दसैंअघि नै सुचारु हुनेगरी कार्य अघि बढाइएको बताइएको छ ।