“स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ” – गगन थापा

41

काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएको बताएका छन् ।

सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै आशंकाहरु हटेको थापाले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।

“वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ, संविधानको मर्म अनुरूप छ। स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ,” उनले लेखेका छन् ।

“अनि निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन्। सबैले सदैव हेक्का राख्नु पर्दछ संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन,” थापाले भनेका छन् ।

समाचार वर्गहरू